काठमाडौंँ कोका-कोलाले ‘कोका-कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ।
यो योजनाअन्र्तगत ग्राहकहरुले रेष्टुरेण्टहरुमा कम्बो डिससँग कोका-कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
यो क्याम्पेनको लागि कोका-कोलाले केएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्सप्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरुसँग सहकार्य गरेको छ।
यी रेष्टुरेण्टहरुमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरुले २० देखि २५ प्रतिशतसम्म छुट अथवा केही खानासँग निःशुल्क कोक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार कोका-कोलाको कोक+मिल्स् क्याम्पेनको नयाँ संस्करणको रुपमा ल्याइएको ‘कोका–कोला महोत्सव’ जेठ २५ सम्म चल्नेछ।


