काठमाडौँ- चौधरी ग्रुपको ईओएल प्रालिले तामायुक्त केन्ट सुप्रीम कपर मोडल नेपालमा ल्याएको छ।
पानी शुद्धीकरण गर्न यसमा केन्ट सुप्रीम कपर (आर.ओ.+यु.भी.+यु.एफ.+कपर+टि.डि.एस. कन्ट्रोल) प्रविधि जडान भएको छ।
भित्तामा झुन्ड्याउन मिल्ने आकर्षक डिजाइनको साथसाथै यो प्युरिफायरमा तामा पनि हुने भएकाले पानीलाई शुद्ध बनाउन सहयोग गर्छ।
तामासहितको पानी पिउँदा प्रतिरक्षा बढ्ने, मेटाबोलिजम बढाउन मद्दत गर्ने, पाचन सुधार गर्ने विश्वास गरिन्छ।
शरीरको वजन घटाउन पनि तामामा राखिएको पानी पिउनु लाभदायक हुने बताइएको छ।


