काठमाडौँ- इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ।
लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो।
शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरिएको थियो।
९२ वर्षको उमेरमा दिवंगत भएका नेपालले नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका थिए।
दुई छोराका पिता नेपालकी श्रीमतीको केही समयअघि नै निधन भइसकेको छ।


