काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमले सहकारी पीडितहरुलाई सम्बोधन गर्न नसकेको प्रतिक्रिया दिएको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिँदै कांग्रेसले यस्तो बताएको हो।
‘सहकारीका बचत गरेका मानिसहरुको मर्कालाई सम्बोधन गर्न सकेन। सहकारीमा ठगी गर्ने, रकम हिनामिना गर्ने मान्छेलाई कारबाही गर्छु भन्न सकेको छैन,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘ठगी गर्ने मानिसलाई कारबाही गर्ने र हिनामिना भएको रकम फिर्ता गर्ने स्पष्ट प्रतिवद्धता आउन सक्नुपर्थ्यो।’
यसले सरकार सहकारी पीडितहरुको मर्काप्रति संवदनशील छैन भन्ने प्रष्ट भएको लेखकले बताए। आफूहरूले भनेको कुरा नै सरकारले नीति तथा कार्यक्रममा पुनर्पुष्टि गरेको उनको भनाइ छ।
