काठमाडौं – काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा नेपालले कतारविरुद्ध सुस्त सुरुआत गरेको छ। त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको १६ औं ओभरमै चार विकेट गुमाएको छ। सुरुआत नै कमजोर भएसँगै नेपालले १० ओभरमा ४५ रन बनाएको नेपालले तीन विकेट गुमाउँदा ५८ रन मात्र बनाएको थियो। अहिले चार विकेट गुमाउँदा नेपालको खातामा ६२ रन छ।
समूह ए कै सबैभन्दा कमजोर टिमविरुद्ध नेपालले सुरुआतबाट आक्रामक ब्याटिङ गर्ने अनुमान गरिएको थियो। तर शीर्ष क्रमका सबै ब्याटर चाँडै आउट भएका छन्।
तर १२ ओभर तीन बलमा १९ रन बनाएका आसिफ पनि आउट भएका छन्। उनलाई इक्रामुल्लाह खानले क्याचआउट गराएका हुन्। त्यस्तै १५ ओभर तीन बलमा नेपालले नेपालका रोहित पौडेल पनि आउट भएका छन्। रोहितलाई चाहीँ अहमदले आउट गराएका हुन्।
त्यसअघि नेपाली ओपनर कुशल भुर्तेल आठ बल खेल्दै दुई रन बनाएर आउट भए। त्यस्तै, तेस्रा नम्बरमा मैदान पसेका भीम सार्की पनि १२ बलमा ६ रन बनाएर पाहिरिए। नेपालविरुद्ध यि ग्यान मुनवेराले दुवै विकेट लिएका छन्।
