काठमाडौँ- सरकारले नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्राडा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबारको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
शर्मा यसअघि खुला विश्वविद्यालयका उपकुलपति थिए।
गोरखा-७ का बासिन्दा शर्मा गोरखा क्याम्पसका पूर्वप्रमुख पनि हुन्।


