काठमाडौँ — एशियन पेन्ट्स नेपालकाे यस वर्षका लागि साेइल, इन्टु दी डिप, गाेबिन माेड र रेट्राे फ्युचरिज्म ट्रेन्ड घाेषणा गर्दै कलर नेक्स्ट २०२४ सकिएकाे छ। कार्यक्रममा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाललगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो।
एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ। जसमा विश्वव्यापी, सामाजिक-सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउँदै आएको छ। सहभागीहरूले विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड )का लागि साेइल, इन्टु दी डिप, गाेबिन माेड र रेट्राे फ्युचरिज्म ट्रेन्डहरू पत्ता लगाएका हुन्।
कलर नेक्स्ट २०२४ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका सिइओ प्रज्ञान कुमारले स्वागत गरेका थिए। एशियन पेन्ट्स ग्लोबलका रिजनल हेड सिरीश राव र एशियन पेन्ट्स नेपालका कन्ट्री हेड गोपालकृष्णनले संक्षिप्त प्रस्तुति दिएका थिए। जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिईएको थियो।
एशियन पेन्ट्सका कलमइस्ट इंडिटर तथा सिनियर एडभाइजर मञ्जु सारा राजनले ‘टेरा’ लाई कलर अफ द इयर २०२४ को रूपमा प्रस्तुत गरिन्। जुन प्रकृतिका कच्चा र प्रामाणिक तत्वहरूबाट प्रेरित सान्त्वनादायी र ग्राउन्डिङ शेड हो। यो रंगले न्यानोपन र सम्बन्धको भावना जगाउँछ र आजको द्रुत गतिको संसारमा भावनात्मक स्थिरताको अभयारण्य प्रदान गर्दछ।


