काठमाडौँ- सहकारी ठगीको विषय छानबिन गर्ने संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै छ। बैठक आज बिहान ८ बजे बस्ने छ।
सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन दलहरु प्रयासमा छन्।
सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो। तर समितिको कार्यादेश टुंगो लागेको छैन।
कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ। उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन्।
