काठमाडौँ- ग्लोबल आइएमई बैंक र साइमेक्स इंकबीच सहज रुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारी अनुसार बैंकले साइमेक्स इंक प्रालिले बिक्री गर्ने बिवाईडी ब्रान्डका विद्युतीय गाडी खरिद गर्न चाहनेले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिनुपर्नेछ। यसपछि बैंकले उचित ठहर गरेका ग्राहकलाई ३ कार्यदिन भित्र सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ।
ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ।
उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सामेक्स इंक प्रालिका तर्फबाट सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन्।


