काठमाडौँ- नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त भएकी छन्।
भट्टराई कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रुपमा संस्थापक सञ्चालक नियुक्त भएकी हुन्।
उनलाई गत वैशाख २१ गतेको सचिवस्तरीय निर्णयले नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो।
भट्टराईले गत वैशाख २४ गते गोपनियता तथा इमान्दारिताको सपथ लिएको कम्पनीले जनाएको छ।
भट्टराईलाई यसअघिका सञ्चालक कोमल बहादुर खत्रीको स्थानमा नियुक्त गरिएको हो।


