औद्योगिक घराना लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरी उद्योगले ‘रस बदाम ड्रिंक’ बजारमा ल्याएको छ ।
क्यालिफोर्नियन आल्मोन्ड्स, आयातीत उत्कृष्ट केसरसँगै पोखरा तथा वरिपरिबाट संकलन गरिएको दुधबाट बनेको ड्रिंक गुणस्तर र स्वाद सर्वोत्कृष्ट रहेको कम्पनीको दाबी छ ।
अन्तर्राष्ट्रियस्तरको स्वचालित मेसिनबाट उत्पादन गरिने ड्रिंकमा आल्मोन्डसको स्वाद, स्याफ्रनको गुडनेस र दुधको तागतले उपभोक्तालाई रिफ्रेस गर्नुका साथै ऊर्जा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
वर्तमान समयको जीवनशैली एकदमै छिटो बन्दै गइरहेकाले निरन्तर अघि बढ्नका लागि शरीरलाई चहिने ऊर्जा यस ड्रिंकले पूरा गर्ने दाबी कम्पनीको छ ।
सफलता र निरन्तर प्रयासलाई प्रोत्साहन गर्न कम्पनीले ‘गेट गोइङ, किप गोइङ’ नामक सन्देशसमेत ल्याएको छ । १८० एमएलमा उपलब्ध ड्रिंक क्यानको मूल्य एक सय रुपैयाँ तोकिएको छ ।


