काठमाडौँ- एक दिनमै नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले ५० वटा बीवाईडी ईभी डेलिभरी गरेको छ।
शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा यो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा उत्सुक ग्राहकहरूलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरिएको थियो।
सो अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेइकलको रुपमा बीवाईडी ई६ समेत सार्वजनिक गरिएको छ।
यो गाडी सन् २०१७ मा नेपाल भित्रिएको थियो । कार्यक्रममा साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकारले सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रूपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको दाबी गरे।
बीवाईडी डल्फिन र बीवाईडी एट्टो ३ एड्भान्स्ड फिचर, सुपेरियर पर्फमेन्स र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय छन्।
