काठमाडौँ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा चाैधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ।

यसअघि बनेको एमाले नेता लिला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि चौधरी मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १/१ जनासहित ५३ जनाको समर्थन छ।
चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ (१)बाट निर्वाचित चौधरी यसअघि प्रदेशसभामा निर्वाचित भएर सार्वजनिक लेखा समितिको सभापति भएर काम गरेका थिए। यसअघि उनी लुम्बिनीको पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री भएर काम गरेको अनुभव पनि लिएका छन्। चौधरी संघीय सरकारमा श्रमराज्यमन्त्री पनि भएका कांग्रेस नेता हुन्।
कमैयामुक्ति आन्दोलनका अगुवा चौधरीले सामाजिक अभियन्ताको पहिचान पनि बनाएका छन्।


