काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल (डोलप्रसाद) को १३ ठाउँमा घरजमिन रहेको सार्वजनिक भएको छ। १५० तोलाभन्दा बढी सुनका धनी उनीसँग २ करोड १८ लाख रुपैयाँ नगद मौज्दात छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार डीपीपत्नी अम्बिकासमेतका नाममा १३ ठाउँमा घरजमिन रहेको देखिएको हो।
उनले १५० तोला सुन, १०० तोला चाँदी, १० तोला हिरा भएको खुलाएका छन्। यी गरगहना २०७४ साल साउन १५ अगाडि जोडेको पनि बताएका छन्।
अम्बिका केसीकै नाममा धादिङको गजुरी गाउँपालिका ८ मा ८ आना, धादिङकै गजुरी–१ मा ४ आना, काठमाडौंको नागार्जुन नगरपालिका १ मा ५, सोही वडाको अर्को स्थानमा ३ आना जग्गा रहेको छ।
काठमाडौंको टोखामा ४ आना ३ दाम १ पैसा, काठमाडौंकै नागार्जुनमा १० आना, लम्जुङको राइनासको वडा नम्बर ६ को पाँच ठाउँमा ६ आना, ३ रोपनी ७ आना १ दाम, ६ रोपनी ३ आना २ दाम, ९ आना २ दाम २ पैसा, १३ आना ३ दाम जग्गा खुलाएका छन्। त्यस्तै भक्तपुरको बागेश्वरीमा ८ आना ३ दाम ३ पैसा जग्गा रहेको खुलाएका छन्।
संघीय सरकारका मन्त्रीहरूको सम्पत्ति यो लिंकमा क्लिक गरी गरी हेर्न सकिन्छ।






