काठमाडौँ- राइटपाथ करियर काउन्सिलिङको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौँबाट सुरु भएको ‘ग्रान्ड एजुकेसन कनक्लेभ २०२४’ ललितपुरको कुमारीपाटी शाखामा पुगेर ज्येष्ठ ८ गते सम्पन्न भएको छ।
गत वैशाख २९ गते काठमाडौँमा सम्पन्न गरिसकेपछि वैशाख ३१ गते धनकुटा, जेठ ३ गते हेटौँडा, ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र आज ज्येष्ठ ८ गते ललितपुरमा सम्पन्न भएको हो।
सो ग्रान्ड एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भएको बताइएको छ।
कनक्लेभमा विभिन्न देशका २० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधिहरू तथा टेस्ट पिपेरेसन आईएल्स टेस्ट पिटीई साथै बैंक, इन्स्योरेन्सको समेत उपस्थिति रहेको थियो। ग्रान्ड एजुकेसन कनक्लेभमा अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा, कोरिया, डेनमार्क, युएई लगायत विभिन्न देशको बारेमा विद्यार्थीहरूले उनीहरूबाट प्रत्यक्षरुपमा काउन्सिलिङ लिने अवसर पाएका थिए।
सोही अवसरमा विभिन्न देशका विश्वविद्यालयको स्कलरसिप देखि ६ हजार पर्ने आईएल्स मात्र २०८१ रुपैयाँमा पढ्न पाउने अफर विद्यार्थीहरूलाई प्रदान गरिएको थियो।


