धनगढी- बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी लिएर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ।
मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए।
उनकाअनुसार जीपमा सवार ११ जना विद्यार्थी घाइते भएका छन्।
उनीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ। घाइतेहरु खतरामुक्त रहेको छन्।


