काठमाडौँ- आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।
आइतबार प्रतिनिधि सभाको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेकाले संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले वेल घेराउ गरिरहेका बेला प्रतिनिधि सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो।
वेल घेराउको समयमा मार्सलको सुरक्षामा रोस्टममा पुगेर प्रधानमन्त्री प्रचण्डले सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम पारित गरेका हुन्।
सरकारले जेठ १५ गते प्रतिनिधि सभामा आगामी आवका लागि बजेट वक्तव्य पेस गर्ने तयारी गरेको छ।






























