दार्चुला– दार्चुलाको मार्मा गाउँपालिकामा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बेपत्ता हुनेमा २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक छन्।
मार्मा गाउँपालिका–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा उनीहरूलाई खोलाले बगाएको हो।
दुवैजना नातामा काकीभतिजा पर्छन्।
अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवैजनालाई बगाएको मार्मा गाउँपालिका–५ का वडाअध्यक्ष सुरेन्द्र महताले बताए।
बेपत्ताको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथको टोली घट्नास्थलमा खटिएको छ।


