२०८३ कार्तिक २४ गते सोमबार

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १६
pokhara 1

गण्डकी- ‘पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ, यसलाई स्वस्थ, सुरक्षित र धुलोरहित सहरका रुपमा विकास गर्नु आवश्यक छ।’ पोखरा महानगरपालिका सहरी योजना आयोगद्वारा आयोजित पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना निर्माणसम्बन्धी परामर्श बैठकमा रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारीले भने।

‘युएसएआइडी’को प्राविधिक सहयोगमा महानगरपालिकाले तयार गरिरहेको रणनीतिक कार्ययोजनाका सम्बन्धमा आयोजित परामर्श कार्यक्रममा सरोकारभएका क्षेत्रका प्रतिनिधिले अधिकारीजस्तै पोखरालाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउन आआफ्ना तर्फबाट विभिन्न सुझाव दिएका थिए।

तालैतालको सहरको उपमा पाएको पोखराका तालबाट रु ३० करोड बराबरको स्वस्थवद्र्धक माछा उत्पादन गर्न सकिने अधिकारीले बताए। पर्यापर्यटनका लागि पोखरा उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै उनले ठूलो सङ्ख्याका विदेशी चराहरू रुपातालमा आउने विषयलाई पर्यटनसँग जोड्न सकिने धारणा राखे। पर्यटन राजधानी पोखराको रणनीतिक कार्ययोजनामा प्राविधिकको रुपमा काम गरिरहेका डा प्रनिल नेपाल उपाध्यायको प्रस्तुतिपश्चात् छलफलमा अधिकांश सहभागीले पोखराको प्राकृतिक सुन्दरता नबिगार्ने गरी पर्यटनका दीर्घकालीन योजना तयार गर्न सुझाएका थिए।

कार्यक्रमका सहभागीले पोखरा आसपासका भरतपोखरीको मल्लकालीन कोट भैरव मन्दिर, फोक्सिङकोट, ठूलाकोट, बेगनास कोट, कास्कीकोटलगायतका स्थानको प्रवद्र्धन र पर्यटकीय उपयोग हुनुपर्नेमा जोड दिएका थिए। उक्त अवसरमा पछिल्लो समयमा आएका पोखरा प्रवेशद्वार तल्लो गगनगौडास्थित हेल्मेट डाँडा, कालिका मन्दिरलगायतको पर्यटकीय उपयोगमा जोड दिइएको थियो।

पोखरा पर्यटन परिषद्का सदस्य जीवनराज सापकोटाले पोखरा प्राकृतिक सहर भएका कारण आसपासका टाकुरामा टावरजस्ता संरचना निर्माण गर्न नहुने बताए। निर्माणाधीन तालबाराही मन्दिरलाई चाँडो सम्पन्न गर्नुपर्ने र पोखरा क्षेत्रका पुराना चौतारा तथा कुवाको संरक्षण गर्नुपर्नेमा उनको जोड थियो। फेवातालको किनारामा रहेको माछापुच्छ्रे विम्ब पार्कलाई राम्रो र व्यवस्थित बनाउनुपर्ने सुझाव दिदै सापकोटाले केआइसिंह पुल आसपासका क्षेत्रमा सेती नदीमा ठाउँ ठाउँमा ढल मिसाइएकोप्रति ध्यानाकर्षण गराए।

मैदी ताल मत्स्य तथा कृषि पर्यटन सहकारी संस्थाका अध्यक्ष भरतप्रसाद तिवारीले पोखरामा रहेका तालको आआफ्नै महत्व रहेकाले यी तालको संरक्षणका लागि बहुवर्षीय योजना ल्याउनु आवश्यक रहेको बताए।
‘संसारभरका चराहरू आएर बस्ने ठाउँ मैदी ताल हो, पोखरा उपत्यकाभरिका कुइरे बकुल्ला बस्ने ठाउँ पनि यही हो’, उनले भने, ‘यहाँका विविधता र महत्वलाई हामीले पर्यटनसँग जोड्नु आवश्यक छ।’ सिमसार क्षेत्र र चराको बासस्थान नबिगार्ने गरी यहाँको समग्र पर्यटकीय विकास गर्नु अपरिहार्य भएको उनले बताए।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)का पूर्वअध्यक्ष एवं पोखरा महानगरपालिका होमस्टे व्यवस्थापन समितिका संयोजक उदय सुवेदीले ग्रामीण घरवास (होमस्टे) गण्डकीबाट सुरु भएको बताउँदै गाउँ पर्यटनलाई समेटेर पर्यटकीय विकास गर्नुपर्ने बताए। पछिल्ला समयमा पदयात्रा मार्ग मासिँदै गएकोप्रति गम्भीर बन्नुपर्ने उनको सुझाव थियो।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले सरकारले १६ लाख विदेशी पर्यटक नेपाल भित्रने कुरा गरिरहेका अवस्थामा पोखरामा शतप्रतिशत आउने वातावरण तयार गर्न आवश्यक रहेको बताए। पर्यटकलाई लक्षित गरी पोखरामा पर्यटन गतिविधि विस्तारसँगै वातावरणीय स्वच्छता कायम गर्ने किसिमका गतिवधि बढाउन उनले जोड दिए।

पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले स्थानीय उत्पादनमा जोड दिँदै गाउँ र सहरको साझेदारी हुने तवरले दिगो पर्यटनमा जोड दिनुपर्ने धारणा राखे। गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले पोखरा महानगरभित्रका २४ वटा भन्दा बढी वडाहरू डाँडैडाँडा भएको बताउँदै प्रत्येक वडाको विशिष्टता समेटेर प्रोफाइल तयार गरी पर्यटन विकासको योजना बनाउनु जरुरी रहेको धारणा राखे।

पर्यटनविज्ञ प्रा. डा. इन्द्रप्रसाद तिवारीले प्रशासनिक ढिलासुस्ती समस्याका रुपमा रहेको बताउँदै लक्षित योजनाको कार्यन्वयन पक्ष सबल बनाउनुपर्ने सुझाव दिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हिप्पी पर्यटनको आगमनसँगै अघि बढेको पोखराको पर्यटन विगतमा स्वतस्फूर्तरुपमा बढेको भए पनि आगामी दिनमा त्यसलाई व्यवस्थित गरेर लैजानु जरुरी रहेको बताए। वर्षौँदेखि चर्चामा रहेपनि घोषणा हुन नसेको पर्यटनको राजधानी घोषणा गर्न सफल भइएको बताउँदै उनले घोषणासँगै विभिन्न सम्भावना बढेर गएको जानकारी गराए।

पोखरा महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका सदस्य सुरेन्द्रबाबु तिवारी, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देल, महानगरपालिकाका पर्यटन महाशाखा प्रमुख भरतराज पौडेल, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिघकारी, पोखरेली ट्याक्सी प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, रामजी शमालगायतले पर्यटन राजधानी घोषणासँगै गर्नुपर्ने कामकाबारेमा सुझाव दिएका थिए।

प्रकाशित: २०८१ जेठ १६ गते बुधबार ०६:५५
प्रतिक्रिया

थप समाचार

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना