२०८३ कार्तिक १४ गते शुक्रबार

सरकारले पठाएको कूटनीतिक नोटले काम गरेन, फेरि पनि सन्दीपको भिसा ‘रिजेक्ट’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १७
sandeep_lamichhane

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि पनि अस्वीकार (रिजेक्ट) गरेको छ।

यसअघि क्यानको सिफारिसका आधारमा अमेरिका जानका लागि सन्दीपले भिसा प्रक्रिया अघि बढाउँदा अमेरिकाले अस्वीकार गरेको थियो।

तर टी-२० विश्वकप क्रिकेट खेलाउनका लागि क्यानको अनुरोधमा परराष्ट्र मन्त्रालयले अमेरिकालाई कूटनीतिक नोट पठाउँदै भिसा प्रक्रियामा सहजीकरण गरिदिन अनुरोध गरेको थियो।

तर परराष्ट्रको कूटनीतिक नोट पाए पनि अमेरिकाले यसअघि गरेकै निर्णयलाई निरन्तरता दिएको हो।

पहिलो पटकको प्रयासमा सन्दीले भिसा नपाएपछि दोस्रो चरणमा कूटनीतिक नोट पठाएपछि सन्दीपलाई अमेेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलाएको थियो। बिहीबार अन्तर्वार्ताका लागि सन्दीप अमेरिकी दूतावास पुगेका थिए।

यता सन्दीपका समर्थकहरूले भने सन्दीपलाई भिसा दिन माग गर्दै अमेरिकी दूतावास घेराउ गरेका थिए।

सन्दीपलाई भिसा दिन माग गर्दै दबाब र्‍याली [फोटो फिचर]

यसअघि नै नेपाली क्रिकेट टोली भने विश्वकपको तयारीका लागि अमेरिका पुगिसकेको छ। नेपाली टोलीको अमेरिका पुग्दासम्म पनि  सन्दीपविरुद्ध बलात्कारको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन थियो। तर जेठ २ गते अदालतले उनलाई सफाइ दिएको थियो। यसपछि क्यानले उनलाई अमेरिका पठाउने तयारी अघि बढाएको थियो।

पाटन उच्चको फैसला अघि काठमाडौँ जिल्ला अदालतले भने लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो। गौशाला २६ (परिवर्तित नाम)ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो।

जिल्ला अदालतले दोषी ठहर गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बनमा राखेको थियो।

२०७९ भदौ ५ गते लामिछानेले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै गौशाला-२६ ले २०७९ भदौ २१ गते लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

त्यसबेला क्यारेबियन प्रिमियर लिग क्रिकेट खेल्न सन्दीप वेस्ट इन्डिजमा पुगेका थिए। उनी भदौ ६ गते नै त्यसका लागि प्रस्थान गरेका थिए।

प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँगै नफर्की सन्दीप अमेरिकातर्फ भागेका थिए। पछि इन्टरपोलमार्फत पक्राउ पर्ने सूचना जारी भएपछि उनी नेपाल फर्किएका थिए। नेपाल फर्कनेबित्तिकै काठमाडौँ विमानस्थलबाटै प्रहरीले उनलाई पक्राउ गरेको थियो।

काठमाडौं जिल्ला अदालतले २०७९ कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। थुनामा पठाउने जिल्लाको आदेशविरूद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरे। पुस १८ गते उच्चले उनलाई २० लाख रुपैयाँ धरौटीमा सशर्त रिहा गर्न आदेश गरेको थियो।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत शर्त उच्चले राखेको थियो।

उच्चको आदेशमा पनि चित्त नबुझाएका सन्दीप २०७९ फागुन १२ सर्वोच्च पुगे। फागुन १५ गते सर्वोच्चले उनलाई राष्ट्रिय खेलाडी भएको भन्दै विदेश जाने अनुमति दिएको थियो।

तर २०८० पुस १३ गते उनी जिल्लाबाट दोषी ठहर भएपछि खेलजीवनमा सक्रिय हुन पाएनन्। जेठ २ गते उच्चको फैसलासँगै उनले अमेरिका जाने तयारी गरेका थिए।

तर अमेरिका जानका लागि दिएको पहिलो भिसा आवेदन अस्वीकृत भएपछि सामाजिक सञ्जालमा उनले निराशा व्यक्त गरेका थिए।

विश्वकप खेल्न टुंगो नभएपछि सन्दीप निराश, भन्छन्- मेरो सपना पूरा नभए पनि खुसी छु!

 

प्रकाशित: २०८१ जेठ १७ गते बिहिबार ०५:२०
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना