काठमाडौँ- एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल ४५ ओभरमा झारिएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण खेल रोकिएपछि ४५ ओभरमा झारिएको नेपाल क्रिकेट संघले जानकारी दिएको छ।
अहिले वर्षा रोकिएको छ भने क्रिजबाट ‘कभर’ हटाउन थालिएको छ।
टस हारेर नेपालले ब्याटिङ गरिरहेका बेला पहिलो इनिङको २३.२ ओभर खेलेपछि मैदानमा वर्षा सुरु भएको थियो। हालसम्म भएको खेलअनुसार नेपालले ३ विकेट गुमाएर १४१ रन बनाएको छ। अब २३.३ ओभरबाट खेल सुरु भएर ४५ ओभरसम्म पुग्नेछ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ७७ रनको साझेदारी गरे। भुर्तेल ४३ र शेखले ३१ रन बनाएर आएट भए। भीम सार्की एक रन बनाएर आउट भए।
रोहित पौडेल र कुशल मल्लको पारीमा वर्षा सुरु भएको थियो। खेलमा मल्लले ३२ र पौडेलले ३० रन बनाएका छन्।
कुवेतका लागि अड्नास इद्रिसले दुई विकेट लिँदा मोहम्मद अस्लमले एक विकेट लिए।


