२०८३ साउन १३ गते बुधबार

संकटमा पनि सम्झौता नगर्ने हाम्रो प्रतिबद्धता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १
first Anniversary

नेपाल क्लिक्स डटकम आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ। यो एक वर्ष हाम्रा लागि विविध कारणले महत्त्वपूर्ण रह्यो। खासगरी समग्र अर्थतन्त्र कमजोर अवस्थामा रहेको बेला हामी पाठकसामु आएका थियौँ। त्यसको प्रत्यक्ष-अप्रत्यक्ष असर हाम्रा आफ्नै अपेक्षा र काममा पनि देखियो। यो चुनौती हाम्रा लागि एकप्रकारको सिकाइ भयो।

कठिन अवस्थामा पनि नेपाल क्लिक्सलाई पाठकले देखाउनुभएको सदाशयता, प्रतिक्रिया र आलोचनाले हामीलाई अझ जिम्मेवार र संयम बन्न प्रेरित गरेको छ। सञ्चारकर्म र पत्रकारिता व्यावसायिक रुपमा जतिसुकै संकटमा पनि परे पनि व्यावसायिक धर्म र दायित्वमाथि सम्झौता हुनुहुँदैन भन्ने मूलमन्त्र कहिल्यै डगमगाउने छैन। पाठकहरुसामु हाम्रो यो प्रतिबद्धता सदा कायम छ।

पत्रकारिता प्रश्नमा मात्र जिवन्त रहन सक्छ। धारिलो प्रश्न उठान गरी राज्यका अंग र सरोकारवालाहरूलाई उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी पत्रकारिताको हो। यो मूल मर्मबाट हामी कति पनि विचलित छैनौँ। लोकतन्त्रका मूलभूत मान्यताहरूलाई आत्मसात गर्दै जिम्मेवार प्रश्नलाई साधन बनाएर जिम्मेवार पत्रकारिताको अभ्यास गर्ने गर्ने हाम्रो प्रतिबद्धता थप बलियो बनेको छ।

हामी बरु गतिमा धिमा नै हौँला, तर पत्रकारिता र लोकतन्त्रका मूल्यमान्यतामा कुनै हालतमा सम्झौता गर्ने छैनौँ। हामी हाम्रो गन्तव्यमा प्रष्ट छौँ। जतिसुकै लामो यात्रा पनि पहिलो पाइलाबाट नै सुरु हुने हो। लामो यात्रा गर्ने दूरदृष्टिका साथ सुरु गरेको डिजिटल पत्रकारिताको यात्रा दोस्रो वर्षसम्म आइपुग्दा हाम्रा थुप्रै अनुभवहरूले आगामी दिनमा आइपर्ने चुनौती सामना गर्न हामीलाई सिकाएको छ।

राज्यप्रणालीमा सत्ता र शक्ति हातमा लिएकाहरूप्रति मूलतः आलोचनात्मक दृष्टिकोणलाई नै हामी प्रश्रय गर्नेछौँ। समाजसोपानको कमजोर वर्गमाथि शक्तिसम्पन्न वर्गले गर्ने विभेदप्रति हामी बुलन्द आवाज उठाउनेछौँ। स्थापनाकालदेखि नै हामी संख्यात्मक भन्दा गुणात्मक समाचार प्रकाशन गर्ने हुटहुटीमा छौँ। सत्यतथ्य, खोजमूलक र विश्लेषणात्मक समाचार पस्कने उद्देश्यमा थप कटीबद्ध छौँ। दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा नेपाल क्लिक्स डटकममा प्रकाशन गरिने सामग्रीको दायरा थप विस्तार गर्दै लैजाने प्रण गर्दछौँ।

हामीले यो यात्रा सुरु गर्दादेखि आजसम्म पनि देशको अर्थतन्त्र धराशायी भएको विषयमा चिन्ता र चासो उतिकै छ। समग्र देशको अर्थतन्त्र नै प्रभावित हुँदा निजी क्षेत्र र विज्ञापन बजार पनि प्रभावित छ। आर्थिक गतिविधि खुम्चिँदा त्यसको प्रत्यक्ष मारमा विज्ञापन बजार र मिडियामा परेको छ। यस्तो कठिन परिस्थितिमा पनि हामीलाई विश्वास गरी सहयोग गर्नु हुने विज्ञापनदाताहरूप्रति कृतज्ञ छौँ।

सम्पूर्ण पाठक, दर्शक, लेखक, विज्ञापनदातालगायतसँग आगामी दिनमा थप अन्तर्क्रिया र सहयोग प्राप्त हुन विश्वास लिएका छौँ।

प्रकाशित: २०८० चैत १ गते बिहिबार ०१:१९
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना