काठमाडौँ- काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन अनुरोध गरेको छ।
महानगरपालिकाले सूचना जारी गरी सार्वजनिक शौचालयहरुमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था गर्न भनेको हो।
यो व्यवस्था १५ दिनपछि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने महानगरको तयारी छ।
निःशुल्क रुपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौं महानगरपालिकाले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइ सहयोग उपलब्ध गराउँदै आएको छ।
सूचना विपरीत सार्वजनिक शौचालय प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले चेतावनीसमेत दिएको छ।



