काठमाडौँ- सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकामा रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको अध्ययन, अनुसन्धान, छानबिन एवं भवन लगायतका अचल सम्पत्ति खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिको सदस्यमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीवल्लभ अधिकारी छन्।
प्राडा प्रेमसागर थापा विज्ञसदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्यसचिव रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
