दाङ- दाङको घोराहीमा गुठीपीडित किसान र प्रहरीबीच झडप भएको छ।
स्वर्गद्वारी गुठीपीडित किसानले घोराहीस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न खोजेपछि झडप भएको हो।
झडपमा परी १० जना प्रहरी र ५ जना किसान घाइते भएको प्रहरीले जानकारी दिएको छ।
घाइतेमध्ये एक जना प्रहरीको ढुँगाले लागेर दाँत भाँचिएको छ।
प्रहरीले गुठीपीडित किसानमाथि लाठी चार्ज गर्नुका साथै १० सेल अश्रु ग्याससमेत प्रहार गरेको छ।


