काठमाडौँ- विश्वकपमा समूह बीको पहिलो खेल सोमबार खेलिदैछ। बार्बाडोसको केन्सिङ्टन ओभलमा हुने खेलमा नामिबियाले ओमानको सामना गर्नेछ।
आजको खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल नेपाली समय अनुसार बिहान ६;१५ बजे सुरु हुनेछ।
दुवै टोली तेस्रो टी–२० विश्वकप खेल्दैछन्। नामिबियाले सन् २०२१ र २०२२ मा आयोजना भएका पछिल्लो २ विश्वकप खेलेको थियो। उता ओमानले सन् २०१६ र २०२१ मा विश्वकप खेलेको थियो।
हेड टु हेड हेर्दा दुई टोलीबिच जम्मा ६ खेल भएका छन्। जसमध्ये ४ खेल नामिबिया र ओमानले २ खेल जितेका छन्।


