२०८३ कार्तिक २४ गते सोमबार

‘सुरक्षा अवस्था हेरेर बसपार्क चौबिसै घण्टा सञ्चालन गर्ने’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २१
nayabuspark

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले सुरक्षा अवस्था हेरर नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्ने बताएका छन्।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आज यहाँ आयोजना गरेको ‘लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षा’ सम्बन्धी अन्तरक्रियामा उनले ठमेल र दरबारमार्गको सुरक्षा अवस्था हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गरिने बताएका हुन्। ‘नयाँबसपार्क देशभरका यात्रु आवतजावत गर्ने थलो हो, यहाँको शान्ति सुरक्षालाई काठमाडौँ प्रहरीले पहिलो प्राथमिकतामा राखेर सुरक्षा योजना बनाइ लागू गरेको छ’, उनले भने।

प्रमुख रजौरेले सानै उमेरदेखि आफ्ना बालबालिकालाई अपराधबाट टाढा राख्नुपर्ने बताए। उनले व्यवसायीले दुःख गरेर कमाएको पैसाप्रति गिद्धे नजर लगाउने प्रहरीलाई कारबाही गर्ने स्पष्ट पारे। समुदायको साथविना प्रहरीले काम गर्न नसक्ने उनको भनाइ थियो।

काठमाडौँ महानगरपालिका(२६ का वडाध्यक्ष ख्यामराज तिवारीले सबै व्यक्ति इमान्दार भएर अगाडि बढे नयाँबसपार्क क्षेत्रभित्र देखिएको समस्या समाधान हुने बताए। जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्कीले लागुऔषध नियन्त्रणका लागि परिवारबाटै अभियान सञ्चालन गर्न जरुरी रहेको बताए। मित्रनगर विकास तथा टोल सुधार समितिकी अध्यक्ष गङ्गा पन्तले सबैको हातेमालोबाट मात्र नयाँ बसपार्क क्षेत्रको समस्या समाधान हुने भएकाले एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गरे।

प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) अम्बरबहादुर थापा क्षेत्रीले नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुद बनाउँदै यहाँभित्रका विकृति विसङ्गतिको अन्त्यका लागि प्रहरीलाई स्थानीयवासीले साथ दिन आग्रह गरे। अन्तक्र्रियामा विभिन्न सङ्घ संस्थाका अध्यक्ष, पदाधिकारी तथा विद्यालयका विद्यार्थीले लागूऔषध दुर्व्यसनी नियन्त्रणका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।

प्रकाशित: २०८१ जेठ २१ गते सोमबार ०९:०६
प्रतिक्रिया

थप समाचार

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना