२०८३ साउन १३ गते बुधबार

शृङ्गारका सामग्री बनाउन सिक्दै भरतपुरका महिला

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २४
jknjkf

भरतपुर- भरतपुर महानगरपालिका– २३ का महिलालाई विवाहलगायतका उत्सवमा का सामग्री लिन र सिङ्गारिन नारायणगढ पुग्नुपर्ने बाध्यता थियो। अब भने त्यो बाध्यताको अन्त्य भएको छ। उनीहरु आफैँ शृङ्गारका सामान बनाउन सक्षम भएका छन्।

वडा कार्यालयले उनीहरुका लागि एक महिनाको तालिम प्रदान गरेपछि विवाहमा दुलहा र दुलहीका लागि चाहिने सबै सामग्री आफैँ तयार गर्न सक्ने भएका हुन्। भरतपुर २३ जगतपुरकी जुना बुर्लाकोटीले बिहेका लागि आवश्यक सबै शृङ्गारका सामग्री आफैँ तयार गर्न सक्ने भएको बताए।

‘शृङ्गारका सामग्रीमा ठूलो रकम खर्च हुन्छ। मेकअप गर्दा त थुप्रै पैैसा लिन्छन्”, उनले भने, “यति जानेपछि आफ्नो बिहेमा बजार जानुपर्दैन।’

सोही वडा घैलाघारीकी अप्सरा तामाङ श्रेष्ठले तालिमले बेरोजगार महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुगेको बताए। ‘हामीले घुम्टो, क्राउन, बेल्ट, ब्याग (झोला), माला, चुरा, चप्पल, जुत्तालगायतका सामग्री बनाउन २५ दिनमा सिकेका छौँ’, उनले भने, ‘अब विवाह भयो भने महिला दिदीबहिनी बजार जान पर्दैन सबै सामग्री उत्पादन गर्न सक्छौँ।’

वडा कार्यालयले भूमिका टेक्निकल सर्भिस प्रालिको प्राविधिक सहयोगमा उनीहरुलाई तालिम प्रदान गरेको हो। बिहेमा दुलहा र दुलहीलाई आवश्यक पर्ने शिरदेखि पाउसम्मका सामग्री बनाउन सिकाएको प्रशिक्षक प्रतिज्ञा पौडेलले जानकारी दिए।

यहाँका ३६ जना महिलाले तालिम लिएका छन्। तालिमबाट महिलालाई उद्यमशील बनाउने प्रयत्न गरिएको वडाध्यक्ष दीपक दवाडीले बताए। ‘महिलाहरु शृङ्गारसँग जोडिएका धेरै वस्तु प्रयोग गर्न सक्छन्। बेहुली सिङ्गारेको मात्रै २५ हजार रुपैयाँसम्म लिएको पाइन्छ,’ उनले भने, ‘त्यो पैसा वडामै राखौँ भन्ने उद्देश्यले गाउँमा उद्यमशिलता तालिम प्रदान गरेका हौँ।’

युवायुवतीलाई लक्षित गर्दै वडाले सेनिटरी प्याड बनाउने तालिम, च्याउखेती, केराका थम्बाबाट रेसा निकालेर हस्तकलाका सामग्री बनाउनेलगायतका तालिम प्रदान गर्दै आएको वडाध्यक्ष दवाडीले बताए।

‘हामीले रु २१ लाख बजेट सीपमूलक तालिमका लागि छुट्याएका थियौँ। प्रत्येक टोलमा विभिन्न तालिम प्रदान गरेका छौँ’, उनले भने, ‘प्रत्येक टोलका दुईरदुईजनालाई समेटेर तीन लाखमा शृङ्गारसम्बन्धी हस्तकला सामग्री बनाउने तालिम प्रदान गरेका हौँ।’

प्रकाशित: २०८१ जेठ २४ गते बिहिबार ०९:३८
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना