काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झण्डै ६ वर्ष लुकाइएको ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ।
मन्त्रिपरिषदको २०७५ असार ३२ को निर्णयबाट तत्कालीन मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन झण्डै ६ वर्षपछि सार्वजनिक भएको हो।
२०७५ माघ १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोगले प्रतिवेदन बुझाएको थियो। तर ओली सरकारले उक्त प्रतिवेदन लुकाएर राखेको थियो।
आयोगले ५ महिना ७ दिन लगाएर विभिन्न ३१ वटा परिच्छेदमा प्रतिवेदन तयार पारेको देखिएको छ।
शिक्षा मन्त्री श्रेष्ठले ४९९ पृष्ठमा रहेको प्रतिवेदनका सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने बताएकी छन्।


