काठमाडौं- कर्णाली नदीमाथि बनेको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन्।
पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड पुलमै फसेका हुन्।
पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्छ।
जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख अधिकारी गणेशप्रसाद कोइरालाले उद्धारका लागि टोली खटाइएको जानकारी दिए।


