२०८३ कार्तिक १२ गते बुधबार

रास्वपा बैठकअघि रविले भेटे प्रधानमन्त्री

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १७
ravi prachanda
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गर्दै रास्वपा सभापति रवि लामिछाने। तस्बिर: प्रदीपराज वन्त

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेट भएको हो।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठकअघि सभापति लामिछानेले प्रधानमन्त्रीसँग भेट गरेका हुन्। रास्वपा बैठकमा सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने विषयमा छलफल गर्ने तयारी भएको बताइएको थियो। त्यसअघि नै सभापति लामिछानेले प्रचण्डसँग भेट गरका हुन्।

माओवादीका नेतासमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले रविले जुन मन्त्रालय माग्छन् त्यही मन्त्रालय दिनुपर्ने बताएका छन्। यसअघि प्रधानमन्त्री प्रचण्डले पनि रविलाई फोन गरी सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा जिज्ञासा राखेका थिए। २१ जना सांसद भएको रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री अल्पमतमा पर्ने छैनन्।

रास्वपाले प्रचण्ड नेतृत्वको सरकारले पछिल्लोपल्ट ल्याएको न्यूनतम साझा कार्यक्रममा असहमति जनाएको छ। ‘एमाले नेतृत्वको गठबन्धन हुँदा रास्वपाको माग सम्बोधन गरिएको थियो। अहिले त्यसमा फेरबदल गरिएपछि प्रचण्ड सरकारमा हाम्रो नीतिगत अपनत्व छैन,’ रास्वपा संसदीय दलको नेताबाट राजीनामा दिएका सांसद डीपी अर्यालले भनेका छन्।

चितवन-२ को उपनिर्वाचनमा विजयी भएपछि पार्टी सभापति लामिछानेले सरकारलाई समर्थन दिइरहनुपर्ने कारण नरहेको बताएका थिए। यसअघि २२ माघमा रास्वपा प्रचण्ड सरकारबाट फिर्ता भएको थियो। तर उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।

यसका साथै रास्वपा संसदीय दलको बैठकमा दलको नेताबाट डीपी अर्यालले राजीनामा दिएपछि रविलाई ल्याउने विषयमा छलफल हुने बताइएको छ।

रास्वापाको केन्द्रीय समिति बैठक सोमबार बिहान ११ बजे बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ।

प्रकाशित: २०८० बैशाख १७ गते आईतबार १०:२७
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना