काठमाडौँ- नेपालमै रोजगारी बढाउने र रोजगारीको लागि विदेशिने प्रवृत्ति कम गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान रोजगार मेला’ लगाइरहेको छ।
देशका ६ वटै प्रदेशमा यस्ता मेला सकेपछि मन्त्रालयले बागमती प्रदेशअन्तर्गत ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा मेला लगाएको हो।
बुधबारसम्म चल्ने मेला बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म संचालन हुनेछ।
मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल छन्।
हस्पिटल , होटेल, इन्टरनेट सेव, ब्युटीसियनदेखि सरकारी सेवासम्मका स्टल छन्।















