काठमाडौँ- प्रभु बैंक लिमिटेडले बैतडीको देहीमाडौँमा शाखा विस्तार गरेको छ।
बैंकले जिल्लाको दशरथचन्द नगरपालिका-२ स्थित देहीमाडौँमा ३०३औं शाखा विस्तार गरेको हो।
जेठ ३० गतेदेखि कार्यालयको सेवा सञ्चालनमा आएको छ।
शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास छ।


