काठमाडौँ- नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १४.७३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको संचालक समितिको जेठ ३२ गते बिहान ८ बजे बसेको बैठकले यस्तो निर्णय गरेको हो।
कोषले चुक्तापुँजीको १४% बोनस शेयर र कर प्रयोजनार्थ ०.७३६८ % नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।


