२०८३ कार्तिक १५ गते शनिवार

ग्लोकल टिन हिरोका लागि खुल्यो आवेदन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३
10th_edition_Glocal_Teen_Hero-01_JENv9fcwLk

काठमाडौँ- गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन खुलेको छ।

यस वर्ष पूर्वदेखि पश्चिमसम्म ५० बढी सहरहरू र १००० विद्यालय÷कलेजहरूका १ लाखभन्दा बढी किशोर किशोरिहरुसम्म पुग्ने लक्ष्य राखेको गोल्छा ग्रुपले जनाएको छ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यहरु लगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशल दर्शाएका प्रतिभावान किशोर किशोरीहरुले ग्लोकलटिनहिरोको वेबसाइट मार्फत निःशुल्क अनलाइन आवेदन भर्न सक्छन्। साथै, आफ्नो समुदायमा रहेका उत्कृष्ट किशोर किशोरीहरूको मनोनयन गर्न पनि सकिनेछ।

पहिलो चरणमा कुल आवेदनहरुको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २०अन्डर२० को छनोट गरिनेछ। त्यसपछि उनीहरुको दृष्टिकोण, कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टीन हीरो नेपाल २०२४ को विजेता घोषणा गरिनेछ ।

हरेक वर्षझै यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२४ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिनेछ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ।

अन्तिम स्क्रिनिङ र साक्षात्कारका लागि निर्णायक टोलीमा गोल्छा ग्रुप प्रा लिमिटेडकी डाइरेक्टरसीमा गोल्छा, डब्लुडब्लुएफका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर सुश्री चन्द्रिका कालिया, एस इन्स्टिच्युट अफ मेनेजमेन्टका डाइरेक्टर आशिष तिवारी तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो रहनेछन्।

ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा ग्रुप सँग साझेदारी गरेको छ। पार्ट्नरका रुपमा होन्डा, कोका–कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, केएफसी पञ्चकन्या ग्रुप, डिशहोम गो, एस इन्स्टिच्युट अफ मेनेजमेन्ट र रियल जुस रहेका छन्। त्यस्तै प्रारम्भ साझेदारको रूपमा द सोल्टी काठमाडौं, आतिथ्य पार्टनरमा कोजी होम एयरलाइन्स पार्टनरको रूपमा यती एयरलाइन्स, पीआर साझेदारमा प्रिज्मा एडभरटाइजिङ, आउटरिच पार्टनरको रूपमा नो नेक्स्ट क्वेश्चन र समर्थकमा पिज्जा हट रहेका छन्।

प्रकाशित: २०८१ असार ३ गते सोमबार ०४:१९
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना