काठमाडौँ- नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्रको शौचालयमा नेपाल प्रहरीमा जवान मृत भेटिएका छन्।
बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोले दुई नम्बर गेटको शौचालयमा मृत भेटिएको संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए।
मृतक गोले नेपाल प्रहरीको स्पेशल टाक्स फोर्सका लागि प्रहरी हेडक्वाटरबाट खटाइएका जवान हुन्।
प्रहरी जवानले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोेकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ।
गोलेले आफ्नै निधारमा गोली हानेका हुन्।
उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए।


