पोखरा- गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले भाषामा लडाई भइरहेको बताएका छन्। प्रेस क्लब गण्डकीले आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि, फिचर लेखन तथा भाषाशैली तालिमको उद्घाटन गर्दे अधिकारीले सो कुरा बताएका हुन्।
‘भाषामा व्याकरण विदहरुले अराजतकता भएको टिप्पणी गर्छन्। अराजकताले कहिलेकाही नयाँ कुरा पनि निकाल्ने बताए,’ उनले भने, ‘प्रदेश संघ र स्थानीय सरकार जनप्रतिनिधिसगँ जनताको अपेक्षा धेरै रहेको भन्दै जनताले अहिले आक्रोस पोख्नु स्वभावीक हो। तर आफु अहिले काम वाटै उनीहरको आक्रोसको जवाफ दिने गरेको छु।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले पत्रकार महासंघ केन्द्रले आगामी निवार्चनको मिति घोषणा गरीसकेको भन्दै समयमै निवार्चन गर्नु पर्ने बताए। सरकारको कार्यक्रम योजनाहरु समयमै सम्पन्न गर्ने गरी लाग्नु पर्ने उनको जोड थियो।
पत्रकार महासंघक कास्कीका सचिव माधव बरालले भाषा शैली सम्वन्धीको तालिमले पत्रकारहरुलाई सधै सजिलो हुने बताए।
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीले प्रेस क्लब गण्डकीले विभिन्न क्षेत्रमा सामूहिक बहसमूलक कार्यक्रमदेखि पर्यटकीय क्षेत्रहको प्रचारप्रसार गर्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए। उनले क्लबको स्थापना दिवसको अवसरमा सामाजिक क्षेत्रमा उत्कृष्ट रुपमा कार्य गरेका संस्था वा व्यक्तिलाई नगद ५० हजारसहित सम्मान गर्ने बताए। आगामी दिनहरुमा ५० हजारको फिचर लेखन कार्यक्रम समेत सञ्चालन गर्ने क्लबको योजना रहेको बताए।
तालिममा पोखराका क्रियाशील नयाँ तथा पुराना पत्रकाहरुको सहभागिता थियो। पत्रकारितामा फिचर लेखन र भाषा शैली वारे अग्रज पत्रकार केशवशरण लामिछाने र वासुदेव मिश्रले प्रशिक्षण दिएका थिए।
तालिममा सहभागीमध्ये उत्कृष्ट फिचर लेख्ने एक पत्रकारलाई आगामी साता नगद १० हजारसहित सम्मान गरिने क्लबका सचिव गौरव त्रिपाठीले जानकारी दिए।
कार्यक्रम क्लबका उपाध्यक्ष राजाराजम पौडेल कोषाध्यक्ष राजु गिरीलगायतले बोलेका थिए।


