धनगढी- कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना चालकको मृत्यु् भएका छ। ट्याक्टर रहेका अर्काे १ जना गम्भीर घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका-३ ढुंगे बजारमा शनिबार राति ११ बजेर ५० मिनेटमा भे१त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको हो।
दुर्घटनामा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका-२ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली र सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका थिए। राति नै उनीहरूको उद्धार गरेर उपचारका लागि लालरत्न अस्पताल लम्की पुर्याइएको थियो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक शेरबहादुरको उपचार सम्भव नभएपछि राति साढे १ बजे टीकापुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
अर्का घाइते दिलबहादुरको लालरत्न अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।


