काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी मुद्दाका फरार अभियुक्त जीबी राईबारे दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन्।
गृहमन्त्री लामिछानेले केही दिनअघि मात्रै जीबी राई मलेसियामा रहेको पत्ता लागेको प्रतिक्रिया दिएका थिए।
गृहमन्त्री लामिछानेले यस्तो अभिव्यक्ति दिनुको पछाडि राईलाई भगाउने नियत रहेको आशंका गर्दै महामन्त्री शर्माले भने प्रश्न उठाएका छन्।
‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ,’ उनले भने, ‘त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ? अभियुक्त पक्रिने नयाँ शैली हो कि भगाउने नियत हो?’
गृहमन्त्री लामिछानेले भने जीबी राई मलेसिया रहेको पत्ता लागिसकेको प्रतिक्रिया दिएका थिए। तर गृहमन्त्री बनेको महिनौँ भइसक्दा पनि उनले राईलाई पक्राउ गर्न तत्परता देखाएका छैनन्।
जबकि गोर्खा मिडियामा राईसँग सहकार्य गरेका लामिछानेमाथि पनि सहकारी ठगी प्रकरणमा प्रश्न उठिरहेको छ।


