काठमाडौं- सरदर मितिभन्दा तीन दिन छिटो नेपाल भित्रिएको मनसुन अघिल्लो वर्षभन्दा १५ दिन ढिलो गरी देशभर फैलिएको छ। गत वर्ष सरदर मिति (१३ जुन) भन्दा एक दिन छिटो नेपाल भित्रिएको मनसुन ९ दिन ढिलो गरी देशभर फैलिएको थियो।
यस वर्षको मनसुन २८ जेठ अर्थात् १० जुनमा कोशी प्रदेशमा भित्रिएको थियो।
आज असार १० गते अर्थात् २४ जुनमा सुदूरपश्चिम प्रदेशभर मनसुन फैलिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले आज देशभर मनसुन फैलिएको जानकारी दिए।


