२०८३ कार्तिक १५ गते शनिवार

सिजी मोबाइलले भित्र्यायो नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १०
cg

काठमाडौँ– नेपाली बजारमा नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड सार्वजनिक भएका छन्। नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले ‘बड्स प्रो इयरबड र ‘वाच प्रो’ स्मार्टवाच सार्वजनिक गरेको हो।

सार्वजनिक भएको विशेष अवसरमा कम्पनीले दुबै उत्पादनमा ५०० रुपैयाँ छुट दिएको छ। वाच प्रोको बजार मूल्य ११ हजार ९९९ रहेकोमा ग्राहकले ११ हजार ४९९ रुपैयाँमै खरिद गर्न सक्नेछन्। त्यस्तै, आठ हजार ९९९ बजार मूल्य रहेको बड्स प्रो इयरबड आठ हजार ४९९ रुपैयाँमा खरिद गर्न सकिने बताइएको छ।

कस्तो छ वाच प्रो ?
१.९६ इन्च एमोलेड डिस्प्ले रहेको यो स्मार्टवाचको रेजोलुसन ४१०*५०२ पिक्सेल रहेको छ। यसमा ६०० निट्स ब्राइटनेस पाउन सकिन्छ भने ५८ एफपीएसको रिफ्रेश रेट रहेको छ।

ब्लुटुथ कलिङ सुविधा भएको यो स्मार्टवाचमा एआई न्वाइज रिडक्टसन फिचर दिइएको छ। ब्लुटुथ कल मात्र गर्ने हो भने यसको ब्याट्री १८ घण्टासम्म टिक्ने कम्पनीको दाबी छ। ३४० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाच सामान्य प्रयोगमा १३ दिनसम्म टिक्ने बताइएको छ।

यसमा भ्वाइस असिस्टेन्ट, माइक्रोफोन र स्पिकर पनि समावेश छ। यो स्मार्टवाचमा स्याटलाइट पोजिसनिङ सिस्टम जीपीएस पनि दिइएको छ।

स्लिप, स्ट्रेस र एसपीओटु समेत मनिटर गर्न सक्ने यो स्मार्टवाचमा ११० ओटा स्पोर्ट्स मोडहरू रहेका छन्।

कस्टम डिजाइन राख्न सकिने यो स्मार्टवाचले आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ पाएको छ। अलवेज अन डिस्प्लेको सुविधा रहेको यो स्मार्टवाचमा हेल्थ मनिटरिङ सिस्टम पनि छ। त्यस्तै, यसमा मौसम पूर्वानुमान, फाइन्ड माई डिभाइस, फाइन्ड माई वाच, क्यामेरा कन्ट्रोल, फ्ल्याश लाइट, फोन म्युजिक कन्ट्रोल लगायतका फिचर पाउन सकिने कम्पनीले जनाएको छ।

सीएमएफ बड्स प्रो
यस इयरबडमा ४५ डेसिबलको हाइब्रिड एक्टिभ न्वाइज क्यान्सिलेसन र विन्ड न्वाइज रिडक्सनको सुविधा छ। इयरबडमा टच कन्ट्रोल सेन्सर पनि छ। यसबाट कल उठाउन, काट्न र म्युजिक फर्वार्ड गर्न सकिन्छ।

अल्ट्रा बेस प्रविधि राखिएको यो इयरबड्स १० मिनेट चार्ज गर्दा पाँच घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। एक पटकको फुल चार्जमा यसलाई ३९ घण्टा प्रयोग गर्न सकिने बताइएको छ।

स्पष्ट आवाजका लागि यसमा छ ओटा एचडी माइक र क्लियर भ्वाइस प्रविधि राखिएको छ। ब्लुटुथ ५.३ भर्सनमा आधारित यो इयरबडले आईपी ५४ रेटिङ पाएको छ।

च्याटजीपीटी समेत समावेश रहेको सीएमएफ बड्स प्रोमा एआईसँग कुरा गर्न र एआईले भनेका कुरा सुन्न सकिन्छ। गुगल फास्ट पेयर, माइक्रोसफ्ट स्विफ्ट पेयर र इन-इयर डिटेक्सनको विशेष सुविधा पनि यसमा पाउन सकिन्छ। यो इयरबड प्रयोग गर्न नथिङ एक्स एप इन्स्टल गर्नुपर्ने जनाइएको छ।

प्रकाशित: २०८१ असार १० गते सोमबार ०८:५४
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना