काठमाडौँ- पृथ्वी राजमार्गको सडक भासिएपछि यातायात प्रभावित बनेको छ।
पोखरा महानगरपालिका–१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो।
अविरल वर्षाले सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधनसमेत प्रभावित भएका छन्। अहिले सडक एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ।
सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १.५ मिटर चौडाइ सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले जनाएको छ।
उक्त स्थानदेखि करिब १० मिटर अगाडिको सडक खण्डमा दायाँतर्फको करिब ७ मिटर लम्बाइ र करिब १ मिटर चौडाइ भासिएको हो।


