विराटनगर- बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ।
बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलमा बाढी पसेको हो।
विराटनगरको विमानस्थलको हेलिप्याडमा समेत बाढी पसेको छ।
विमानस्थलको धावनमार्गमा भने अहिलेसम्म बाढी नपसेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
धावनमार्गमा बाढी पस्ने जोखिम भएकाले विमानस्थल बन्द गरिएको हो।
विराटनगर विमानस्थलमा बुधबार कुनै पनि उडान हुन सकेको छैन।



