पोखरा- गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा उदासीनता देखाएका छन्।
सांसद फणीन्द्र देवकोटालाई सांसदका रूपमा काम गर्न रोक नलगाउन आदेश दिए पनि सभामुख धितालले प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाएका हुन्।
पार्टीको ह्वीप विपरीत मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएको भन्दै फणीन्द्रमाथि जेठ ३२ गते माओवादी केन्द्रले कारबाही गरेको थियो।
तर, सर्वोच्च अदालतले कारबाहीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपनि सभामुखले अदालतलाई चुनौती दिएका हुन्।
बिहीबार प्रदेश सभा बैठकमा प्रवेश गर्न लागेका फणीन्द्रलाई मर्यादा पालकले रोकेका थिए। यतिबेला गण्डकी प्रदेशसभा बैठक चलिरहेको छ।
देवकोटा पाण्डे नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री समेत छन्।
देवकोटा गत प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा २९१० बाट निर्वाचित भएका थिए।
