काठमाडौँ- टर्की जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। गएराति भएको खेलमा टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।
टर्कीको जितमा मेरिह डेमिरलले दुवै गोल गरेका थिए। पहिलो मिनेटमै गोल गरेर शुरुवाती अग्रता दिलाएका डेमिरलले खेलको ५९औं मिनेटमा दोस्रो गोल गरेका थिए। त्यस्तै अस्ट्रियाका लागि माइकल ग्रेगोरिचले एक गोल फर्काएका थिए।
यो जितपछि टर्कीले क्वाटरफाइनलमा नेदरल्याण्ड्सको सामना गर्ने भएको छ भने अस्ट्रियाको युरोकप यात्रा समाप्त भएको छ।


