काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले दुई हप्ता गुप्तवास जान प्रस्ताव गरेका छन्। दुई साताको तयारी गरेर दुई साताका लागि गुप्तवास जान उनको प्रस्ताव छ।
रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनाउनका दुई साता गुप्तवास जान पर्ने उनको प्रस्ताव छ।
‘अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाऔं,’ उनले यसका लागि प्रक्रिया पनि प्रस्ताव गरेका छन्, ‘अबको २ हप्ता तयारी गरौं। त्यसपछी सभापति र उपसभापति बाहेकका केन्द्रीय समिति सदस्यहरू २ हप्ता गुप्तबास जाऔं।’
यस्तो उनको गुप्तवास प्रस्ताव
-अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाऔं
रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्न के गर्ने?
१. अबको २ हप्ता तयारी गरौं।
२. त्यसपछी सभापति र उपसभापति बाहेकका केन्द्रीय समिति सदस्यहरू २ हप्ता गुप्तबास जाऔं।
३. गुप्तबासका क्रममा म महामन्त्रीको राय राख्छु, मत राख्दिनँ। तपाईंहरु निर्णय गर्नुहोस्।
गुप्तबासमा लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गरौं। त्यहि गुप्तबासबाट लोकतान्त्रिक प्रक्रिया के हो निर्धारण गरौं। कतै अलमल भए सभापतिको मत अनुसार चाँहिँ गुप्तबासले नै निर्धारण गरोस्। २ हप्ताले मात्र पुग्दैन कि, अर्को पटक पनि बस्न पर्ने कि। फेरी बस्दा, अरु को को थप्न पर्ने हो? के के निर्णय गर्न पर्ने हो, त्यो गुप्तबासले गरौं। सकेसम्म सबै उपस्थित हौं। त्यो गुप्तबासले नै निर्धारण गरोस्।
अबको कार्यदिशा
अपेक्षा गरिन्छ, गुप्तबासको पहिलो समीक्षाले त्यसपछीका बाँकी ७० दिनको कार्यदिशा पनि निर्धारण गर्नेछ। गुप्ताबास नबस्ने, अब सबै प्रक्रिया लाइभ गरौं भन्नुहुन्छ भने पनि म तयार छु। तर त्यस बासले निर्धारण गरोस्, अब के लाइभ गर्ने, के नगर्ने? यसको विधि के? गुप्तबास बस्ने भए पनि बसौं, खुल्लाबास बस्ने भए पनि बर्सी। पार्टीका लागी एक पटक घोत्लिएर सँगै बसौं।
सार्वजनिक रुपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गरौं। बौद्धिक नागरिक समाजको सहयोग खुलेर नै लिऔं। अब नयाँ पार्टी बनाऔं, राष्ट्रिय स्वतन्त्र पार्टी। आजका दिनसम्म पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति नै भएकाले, यहि केन्द्रीय समितिले निर्णय गरिदेओस्, आगामी कार्यदिशा निर्माणका लागी हामी घोटिऔं। आशाको दियोलाई फेरी बालौं। राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔं तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं।


