२०८३ कार्तिक २५ गते मङ्गलबार

विपद् जोखिम न्यूनीकरणका लागि ‘कार्टुन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १९
Taplejung dobhan bajar badhi pahiro

काठमाडौँ- विपद् जोखिम न्यूनीकरणका लागि व्यङ्ग्यचित्र, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्रमार्फत नागरिकलाई सन्देश प्रदान गर्न थालिएको छ।

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘विपद् जोखिम न्यूनीकरणसम्बन्धी कला प्रदर्शनी’ आयोजना गरी व्यङ्ग्यचित्र, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्रमार्फत नागरिकलाई सचेतनामूलक सन्देश दिन थालिएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सृजनात्मक (बहुआयामिक) कला विभाग र नेपाल कार्टुनिस्ट क्लबको संयुक्त सहकार्यमा प्रदर्शनी सुरु भएको हो।

यही असार २२ गतेसम्म जारी रहने प्रदर्शनीमा विभिन्न कलाकारका विपद्सम्बन्धी विषयका कार्टुन समावेश गरिएका छन्।

कार्टुन चित्रमार्फत सन्देश प्रवाह गर्दा सहजरूपमा बुझ्ने र बुझाउन सजिलो हुने भएकाले कला सृजनालाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा उपयोग गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए।

“फूल, बालबालिकाका गतिविधि र कला सबैले मनपराउँछन् । यही भावलाई अङ्गीकार गर्दै कलामार्फत विपद् जोखिमका विषयलाई उठान गर्न खोजिएको हो”, कार्यकारी प्रमुख पोखरेलले भने।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामा दृश्यकलाका माध्यमबाट समाजका विविध विषयलाई रूपान्तरणसँग जोडेर लानुपर्ने बताउँदै विपद् न्यूनीकरणसम्बन्धी सन्देश तल्लो तहसम्म लैजान कलाको भूमिका महत्तवपूर्ण हुने बताउँछन्।

उनी भन्छन्, “कलामार्फत सामाजिक सन्देश प्रवाह गर्न प्रतिष्ठानले काम गरिरहेको छ । यस प्रदर्शनीमार्फत विपद्का विषयमा सन्देश दिन र जागरण ल्याउन सहयोग मिल्ने आशा लिएका छौँ।”

गृह मन्त्रालयका सहसचिव एवं विपद् व्यवस्थापन महाशाखाका प्रमुख भीष्मकुमार भुसाल कार्टुन र चित्रले हजारौँ पृष्ठले बोल्न नसकेका कुरा बोल्ने हुँदा सम्बन्धित क्षेत्रमा ज्ञान पु¥याउन प्रभावकारी माध्यम भएको बताउँछन्।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारहरूले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने काम गरेको बताउँदै भने, “कलामार्फत विपद् र त्यसका जोखिमका विषयलाई सन्देशमूलक ढङ्गले उठान गर्न खोजिएको हो। यसले सामाजिक सन्देश दिन योगदान गर्छ।”

प्रदर्शनीमा कलाकार अविन श्रेष्ठ, अकृन, वासु क्षितिज, देवेन्द्र थुम्केली, केशवराज खनाल, महेश बस्ताकोटी, रवि मिश्र, रवीन्द्र मानन्धर, भानु भट्टराई, सानुराज डङ्गोल, सुजिता महर्जन, पल्पसा डङ्गोल, अर्पिता शाक्य, सुदर्शन सिग्देल, सौरगङ्गा दर्शनधारी, विश्व थापा, सागर शाह, आयुष, पान सिङ तमोर, गौरव डङ्गोल र योगेश खपाङ्गीका २७ व्यङ्ग्यचित्र, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्र समावेश छन्।

प्रकाशित: २०८१ असार १९ गते बुधबार ०९:३४
प्रतिक्रिया

थप समाचार

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना