काठमाडाैँ- अविरल वर्षाका कारण सिन्धुलीमा पहिरो जाँदा विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ। पहिरोका कारण सवारी साधन आवत जावत दुइतर्फी नै बन्द भएको डिएसपी खड्काले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काका अनुसार शनिबार बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडस्थित पहिरो खस्दा विपी राजमार्ग अवरूद्ध भएको हो।
त्यस्तै गोलन्जोर गाउँपालिका-६ अक्करेभीरमा सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ।
पहिरोमा फसेका सवारी साधनहरूलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको र स्थानीय तहहरूसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको डिएसपी खड्काले जानकारी दिए।


