दाङ- अविरलको वर्षाले लुम्बिनी प्रदेशका मन्त्रालयहरु डुबानमा परेका छन्।
लुम्बिनीको आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय डुबानमा परेका हुन्।
राजधानी स्थापना भएपछि त्यहाँ बनेका अन्य संरचनाहरूमा पानीको सहज निकास छैन। जसले गर्दा समस्या भएको हो।
दाङमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ।
राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा र कालापानीलगायतमा गाउँमा बाढी पसेको छ।
