काठमाडौँ- एनआईसी एशिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकलाई अनुरोध गरेको छ।
बैंकले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
ग्राहकहरुको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम सरकारमा अद्यावधिक गर्नका लागि प्यान नम्बर समावेश गर्न भनिएको हो।
ग्राहकले बैंकको पोर्टल या मोबाइल बैंकिङमार्फत प्यान नम्बर अपडेट गर्न सक्छन्।
बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत यो सेवा लिन सकिने बैंकले जानकारी दिएको छ।
एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।
देशको कुल जनसङ्ख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन आफूहरू सफल भएको बैंकको जिकिर छ।
कुल २३ अर्ब ७ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको बैंकको भनाइ छ।
कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय तहमा बैंकले शाखा विस्तार गरी सेवा दिँदै आएको छ।


